सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने
काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, माघ १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घका अध्यक्ष माया गुरुङले जानकारी दिए ।
उनका अनुसार माघ १८ मा गृह मन्त्रालय, माघ १९ मा प्रधानमन्त्री कार्यालय, माघ २१ मा नेकपा समाजवादी पार्टी कार्यालय, माघ २२ मा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, माघ २३ मा नेपाली कांग्रेस पार्टी कार्यालय र माघ २४ घमा नेकपा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
सङ्घर्ष समितिले माघ २८ गते व्यापक जनसहभागितासहित थाल, चम्चा ठटाउँदै जुलुस प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए । आन्दोलनका कार्यक्रम घोषणा गर्दै महानगरसमक्ष सातबुँदे माग अघि सारिएको उनको भनाइ थियो ।
महानगरले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सञ्चालन गर्ने कार्य सुनिश्चित गरिनुपर्नेलगायत माग सङ्घर्ष समितिको छ ।
महानगरमा तत्काल श्रम डेस्क स्थापना गरी स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणलगायत श्रम व्यवस्थापनसँग सम्बन्धित काम थालनी गर्नुपर्ने, दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रमुख वा उपप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिमा रहेका ट्रेड युनियनहरूको प्रतिनिधिसहित सरोकारवाला सम्मिलित उच्चस्तरीय अधिकार सम्पन्न व्यवस्थापन कार्यदल तत्काल गठन गर्नुपर्ने, महानगर प्रहरीको धरपकड अविलम्ब बन्द गरिनुपर्ने र स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने माग राखिएको समितिमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी सङ्घका अध्यक्ष लिलाबहादुर दाहालले बताए ।
श्रमिक सङ्घका अध्यक्ष गुरुङ व्यवसायीहरूको माग सम्बोधन गर्न चासो नदेखाए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताए । उनले महानगरसँग लडाइँ गर्नुभन्दा वार्ता गरेर दीर्घकालीन समाधान खोजेको बताए ।
व्यापार श्रमिक सङ्गठनका अध्यक्ष सापकोटाले सडक व्यापारी सधैँ सडकमै बस्न नचाहेको बताए। व्यापार व्यवस्थित गरी महानगरले स्वरोजगार सडक व्यापारीलाई करको दायरामा समावेश गरेर व्यवस्थापन गर्नुपर्ने सापकोटाको माग छ ।
सायी सङ्घका अध्यक्ष दाहालले महानगर प्रहरीले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि सामान लिन जाँदा व्यापारीले सामान नै नपाएको बताएका छन् ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...