ताजा समाचार

‘नेपालमा चिनियाँ लगानीकर्ताले लगानी गर्न चाहिरहेका छन् तर, नीतिगत समस्या छन’: उपमन्त्री सुन हायान

काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्न नीतिगत समस्या रहेको बताएको छ ।

आइतबार होटल सोल्टीमा आयोजित नेपालका राजनीतिक दलका नेताहरूसँगको छलफलमा नेपाली भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता आतुर रहे पनि लगानीका लागि नीतिगत समस्या रहेको बताएकी हुन् ।

‘नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताले चाहिरहेका छन् । तर, लगानीका लागि नीतिगत समस्या रहेछ । मैले हिजो मात्रै नेपालमा रहेका चिनियाँ लगानीकर्तासँग कुरा गरेकी थिएँ,’ उनले भनिन्, ‘नेपालका परियोजनाहरू कोभिडका कारण मात्र होइन, विभिन्न कारणले ढिला हुने गरेका रहेछन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org