नीतीश कुमार नवौँ पटक बिहारको मुख्यमन्त्री नियुक्त
पटना । नीतीश कुमार नवौँ पटक बिहारको मुख्यमन्त्री बन्नुभएको हो । नीतीश कुमारले आजै बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर आफ्नो राजीनामा बुझाउनुभएको थियो ।
उहाँ यसअघि कांग्रेस आई, कम्युनिस्ट लगायतका दलसँगको गठबन्धनमा आवद्ध भएकोमा आज भारतीय जनता पार्टीसँगको गठबन्धनमा लाग्नुभएको छ । पदको लोभी भएको भन्दै नीतीश कुमारको चर्को आलोचना भइरहेको छ । भारतमा यसै वर्ष आमचुनाव हुँदैछ र यो राजीनामा र नियुक्तिलाई चुनावअघिको चलखेलका रूपमा लिइएको छ । उहाँलाई सत्ताका लागि जता पनि ढल्कने र जोसँग पनि मिल्ने अवसरवादी नेताको आरोप लाग्दै आएको छ ।
नीतीश कुमार पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिको केन्द्र बन्नुभएको छ । बितेको एक दशकमा उहाँले पाँचौँ पटक गठबन्धन फेर्नुभएको छ । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै नीतीश बीजेपीबाट बाहिरिँदै सन् २०१४ मा लोकसभा चुनाव एक्लै लड्नुभएको थियो । २० सिट भएको जनता दल युनाइटेड पछिल्लो लोकसभा चुनावमा दुई सिटमा समेटियो ।
चुनावमा निराशाजनक नतिजापछि नीतीशले राष्ट्रिय जनता दल र कांग्रेस पार्टीसँग गठबन्धन गर्नुभएको थियो । नीतीश कुमारले सन् २००० मा पहिलो पटक बिहारको मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । त्यसयता उहाँले सन् २००५, २०१०, २०१५ (दुई पटक), २०१७, २०२०, २०२२ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...