माघ १९ अर्थात् ज्ञानेन्द्रले ‘कू’ गरेको दिन
काठमाडौँ । माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनव्यवस्था हातमा लिएको दिन। नेपालको इतिहासमा यसलाई कालो दिनको रूपमा लिइन्छ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् घोषणा गरेका थिए।
सशस्त्र संघर्ष गरिरहेको माओवादी र संसदवादी दलहरुलाई ज्ञानेन्द्रको यो कदमले एकजुट बनाएको हो। दलहरु राजाको प्रत्यक्ष शासनको विरुद्ध एकजुट भएर आन्दोलन चर्किएको थियो। २०६२,०६३ को जनआन्दोलनको सूत्रपात नै यही दिनको कदमलाई मानिन्छ।
२०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भयो। जसमा ‘निरङ्कुश राजतन्त्रविरोधी शक्तिहरूले निरङ्कुश राजतन्त्रकाविरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलन गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने’उल्लेख थियो।
त्यसपछि माओवादीसहितका आठ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए। त्यही आन्दोलनको सफलतासँगै २०६३ वैशाख ११ गते लोकतन्त्र आएको हो। २०६४ को निर्वाचितमार्फत् बनेको संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकले २३८ वर्षीय राजसंस्थाको अन्त्य गरेको घोषणा ग¥यो।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...