ताजा समाचार

दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन्।

प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराहीस्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन्।

रोल्पा घर भएका पिमलाल श्रीमती र छोरासँगै घोराहीस्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोल्पाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरेका थिए। हत्या गरेको बताएपछि उक्त होटलमा गएर हेर्दा शव भेटिएका डीएसपी मल्लले बताए।

प्रहरीले हत्याबारे अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org