ताजा समाचार

प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न नरोकियोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्।

बुधबार इकोनोमिक मिडिया एसोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ढकालले करिब २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आईपीओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही महिना यता रोकिएको बताए। उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए।

अध्यक्ष ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताए।

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए। उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको पनि बताए। नेपालमा लगानी गर्ने वतावरणमा विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org