ताजा समाचार

क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लिनस्वीप, एकै खेलमा भिम र अनिलको शतक

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

आज भएको तेस्रो तथा अन्तिम सिरिजमा नेपालका दुई व्याट्सम्यानले शतक बनाएका छन् ।  ओपनर अनिल साह र भिम सार्कीले आजको खेलमा सतकीय पारी खेलेका हुन् ।

१११ बल खेलेका अनिल साहले  २ छक्का र १२ चौकाको मद्दतमा शतक पूरा गरे भने भीम सार्कीले १२९ बलमा ११ चौका र १ छक्का हान्दै १०१ रन प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org