ताजा समाचार

एसीसी वुमन्स प्रिमियर कपमा मलेसियाको सामना गर्दै नेपाली टोली

काठमाडाैँ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजो बायोमास ओभलमा सुरु हुनेछ ।

खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एशिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org