अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडेन उत्कृष्ट : पुटिन
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पभन्दा जो बाइडेन उत्कृष्ट भएको बताएका छन् ।
रुसी पत्रकार पावेल जरुबिनसँगको अन्र्तवार्तामा अमेरिकी राष्ट्रपतिको चुनाव २०२४ को सन्दर्भमा पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि ट्रम्पभन्दा जो बाइडेन उत्कृष्ट भएको बताएका हुन् ।
उनले भने, ‘बाइडेन, ‘उहाँ धेरै अनुभवी हुनुहुन्छ, उहाँको बारेमा अनुमान गर्न सजिलो छ । बाइडेन पुरानो विचारको राजनीति गर्ने मध्ये एक हुन् । तर, हामी कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न तयार छौं ।’
यसअघि बाइडेनको मानसिक स्वास्थ्यबारे पुटिनले भनेका थिए– ‘मैले उनलाई ३ वर्षअघि स्विट्जरल्याण्डमा भेटेको थिएँ । त्यतिबेला पनि मानिसहरूले बाइडेनले आफ्नो काम गर्न नसक्ने भनिरहेका थिए । तर, उहाँलाई भेटेपछि मलाई त्यस्तो केही लागेन ।’
गत वर्ष जुनमा हेलिकप्टरमा चढ्ने क्रममा बाइडेनको टाउको त्यससँग ठोक्किएको थियो । यसमा पुटिनले मजाकको स्वरमा भने, ‘हामी सबैको कुनै न कुनै बेला टाउको ठोक्किएको छ । यदि हामी ट्रम्पको बारेमा कुरा गर्छौं भने, उहाँ एक राजनीतिज्ञ हुनुहुन्छ, जो प्रणालीबाट टाढा जान्छन् । धेरै मामिलामा उनको फरक दृष्टिकोण छ । अमेरिकाले आफ्ना सहयोगीहरूसँग कसरी सम्बन्ध निर्माण गर्ने भन्ने बारेमा पनि उनीहरू फरक सोच्छन् ।’
यसै वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












