ताजा समाचार

१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

काठमाडाैँ । प्रहरीले प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुरुङलाई पक्राउ गरेको हो ।

सीआईबीले उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरेको पनि प्रहरी स्रोतले जानकारी दिएको छ ।

विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घलेसँगको गुरुङको सम्बन्ध देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । २१ मंसिरमा फ्लाई दुबईबाट आएका घलेको साथबाट उक्त सुन बरामद भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org