प्रधानमन्त्रीबाट विश्वासघात र बेइमानी भयो: कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थत फिर्ता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासघात गरी गठबन्धन तोडेको भन्दै बिहीबार बिहान बसेको संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको हो ।
“हामी संविधानको रक्षा, स्थिरता र सुशासनको प्रतिबद्धतासहित निर्वाचनमा गएर सरकार सञ्चालन गरिरहेका थियौँ,” नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले भने, “उहाँले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर जानुभएको हो । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ ।”
प्रधानमन्त्रीले अविश्वसनीय कारण देखाएर गठबन्धन तोडेको कांग्रेसको जिकिर छ । “नेपाली कांग्रेस सधैँ गठबन्धनप्रति इमानदार रह्यो । कांग्रेसले गठबन्धनका सहमतिलाई पालना गर्न प्रतिबद्ध रहँदै त्यसअनुरूप काम पनि गरेको हो,” लेखकले भने, “तर, प्रधानमन्त्री पुष्पकमल दाहालले कपोलकल्पित, भ्रामक र अविश्वसनीय कारणहरू देखाएर गठबन्धन तोड्नुभएको छ । यसलाई हामीले विश्वासघात र बेइमानीका रूपमा लिएका छौँ ।”
उनले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराए । अब कांग्रेसले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...