एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएको पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले दुई सय ८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्छन् भने नेपाली पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिन्छन् । सर्वसम्मतरुपमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको हो ।
निर्वाचनमा पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी भएको बताए । अधिकारी दुई सय ७० मत ल्याएर उपाध्यक्षमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कमल दानीले एक सय २१ र अर्का प्रतिस्पर्धी कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका थिए ।
त्यस्तै अधिवेशनबाट पार्टी जिल्ला कमिटीको उपसचिवमा दुई सय ६५ मत ल्याएर मनोज जोशी र उपसचिव महिलातर्फ शान्ति चापागाईं विजयी भएका छन्। एमालेमा ९९ सदस्सीय कार्यसमिति रहने व्यवस्था रहेको छ । सोमध्ये ८९ प्रत्यक्ष निर्वाचनवाट निर्वाचित भएर आउने र १० जना भने कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको सचिव रोकाले बताए।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...