आजको राशिफल: २०८० चैत १ गते बिहीवार
मेषः रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।
वृष ;अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ।
मिथुनः प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। पछिका लागि जिम्मेवारी भने प्राप्त हुनेछ। सरसापट वा कर्जामार्फत आवश्यक रकम पनि जुट्नेछ।
कर्कटः तारिफयोग्य कामको चर्चा हुनेछ। अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायतर्फ मनग्य फाइदा हुनेछ। भौतिक साधन जुट्नेछन्। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ।
सिंहः पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। नयाँ काम थालनी हुनेछ। सानो प्रयत्नले दिगो काम सम्पादन गर्न सकिनेछ। साथीभाइले सहयोग जुटाउनेछन्। धार्मिक तथा सामाजिक काममा मन जानेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। पेसा तथा व्यवसायमा फाइदा हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले जीवनशैलीमा समेत सुधार ल्याउन सकिनेछ।
कन्याः अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा केही ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
तुलाः परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ।
वृश्चिकः रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि आफ्नो पक्ष सबल बन्नेछ।
धनु ; अध्ययन र पेसामा प्रगति गर्ने समय छ। विद्यार्थीहरूका लागि विशेष उपलब्धि हासिल हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। पहिलेको कमजोर नतिजा पनि सच्याउन सकिनेछ। व्यापार(व्यवसायमा पनि राम्रो फाइदा हुनेछ। तत्कालको निर्णयले नयाँ काम सुरुवात हुन सक्छ। शुभचिन्तकहरूले साथ दिने हुँदा लक्ष्यअनुसारको उपलब्धि प्राप्त गर्न सकिनेछ।
मकरः फाइदा हेर्दा काम बिग्रन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता समेत टुंगिन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। सगोलको सम्पत्तिमा विवाद आउने तथा भागबन्डा लाग्ने सम्भावना छ। परिस्थितिवश काम अधुरो रहला। नतिजा कमजोर देखिनाले विशेष काम दोहोर्याउनुपर्ने हुन सक्छ।
कुम्भः साथीभाइ जुट्नाले काममा उत्साह जाग्नेछ र चाँडै लक्ष्यमा पुग्न सकिनेछ। दिगो काम थालनी हुनुका साथै विशेष उपलब्धि प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रयत्न गर्दा नयाँ व्यवसाय सञ्चालन गर्न सकिनेछ। पराक्रम बढ्नेछ र प्रतिस्पर्धीहरूलाई पछि पार्न पनि सकिनेछ।
मीनः तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
आजको राशिफलः २०८१ असोज ४ गते शुक्रवार
मेष: तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
आजदेखि धरहरा सञ्चालन, अनलाइन टिकट भोलिदेखि
काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...