गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग(आइपिएल) मा पाँच पटकको विजेता चेन्नईले लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार भएको खेलमा साविक फाइनलिस्ट गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित हासिल गरेको हो। यसअघि चेन्नईले जारी सिजनको पहिलो खेलमा बैंगलोरलाई ६ विकेटले पराजित गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि न्युजिल्यान्डका रचिन रविन्द्र र शिवम् दुवेले विस्फोटक इनिङ खेलेका थिए। उत्कृष्ट सुरुवात गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो। उसका लागि रचिनले २० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाउँदा ऋतुराज गायकवाडले ४६ रन बनाएका थिए। उनीहरुले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे त्यस्तै चौंथो नम्बरमा ब्यटिङका लागि आएका शिवम् दुवेको इनिङ चेन्नईलाई उच्च स्कोरमा पुर्याउन महत्वपूर्ण बन्यो। दुवेले २३ बलमा ५१ रन बनाएका थिए। त्यस्तै ड्यारीयल मिचेल २४ रनमा नटआउट रहँदा अजिंक्य रहाणेले १२ रन र रविन्द्र जडेजाले १४ रन बनाए।
जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनमै समेटियो। उसका लागि लागि साइ सुदर्शनको ३७ रन सर्वाधिक रह्यो। उनी बाहेक ऋद्दिमान साहा र डेभिड मिलरले २१-२१ रन बनाउँदा विजय संकरले १२ तथा अजमतुल्लाह ओमरजाइले ११ रन बनाएका थिए। उमेश यादव १० रनमा अविजित रहे। चेन्नईका लागि दिपक चाहार, मुस्ताफिजुर रहमान र तुषारदेश पाण्डेले समान २-२ विकेट लिंदा ड्यारी मिचेल र मथिसा पथिरनाले समान १-१ विकेट लिएका थिए।
आइपिएल अन्तर्गत बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स हैदराबादमा साँझ ७:४५ मा प्रतिस्पर्धा गर्दै छन्।
Comments
अरु समाचार
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...