ताजा समाचार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलियाले आजै शपथ लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले जनाएको छ ।

जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने दिएर मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

स्रोतका अनुसार थपलियाको पद तथा गोपनीयताको शपथ आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा हुनेछ । एमालेका एक सांसदका अनुसार आज एक जना मात्रै मन्त्री नियुक्त हुने र १९ चैतमा मुख्यमन्त्रीको विश्वासको मतपछि थप मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनका नेताहरुबिच सहमतीरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org