ताजा समाचार

आजको राशिफल: २०८० साल चैत २६ गते सोमवार

मेष: विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। हरेक काममा परिवारको सहयोग मिल्नेछ। निर्णय गर्नुअघि विवेक प्रयोग गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

वृष :खानपानमा सचेत हुनु फाइदा हुन्छ। परिवारबाट राम्रो साथ मिल्नेछ। व्यापार र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुन्छ।यात्रा सुखद् र रमाइलो हुनेछ। साथीबाट सहयोग मिल्नेछ।

मिथुन: सिर्जनात्मक बन्ने दिन छ। नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ। धर्ममा मन जानेछ। नयाँ साथीसँगको भेटले रमाइलो अनुभूति हुनसक्छ। व्यापारी साथी सकारात्मक छन्। परिवारको साथ प्राप्त हुनेछ।

कर्कट: यात्रा फलदायी हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध कसिलो हुने दिन छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

सिंह: शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा भने आलोचनाको जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ।

कन्या : परिश्रमको फल प्राप्त हुनेछ। कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुला: प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला।

वृश्चिक: सम्भावनाका ढोका खुल्ने दिन छ। अवसर अगाडि देखेपछि मन खुशी हुनेछ। रमाइलो यात्राको योग छ। आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ। परिवारको प्रेम निरन्तर रहनेछ।

धनु : तपाईंले गरेको कामको चर्चा हुनेछ। आफ्नो जिद्धिपनलाई कम गर्नु राम्रो हुन्छ। कर्मको फल प्राप्त गर्न सहज हुनेछ। बोलीको प्रभाव रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर: रमाइलो यात्राको योग छ। यात्रामा भएको निर्णयले ठुलो फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। कामममा तपाईंको मूल्यांकन हुनेछ।

कुम्भ : प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ। विभिन्न अवसर प्राप्त हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। परिवारको माया प्राप्त हुनेछ।

मीन:  परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। समय राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। सहयोग गर्ने साथीको संख्या पनि उत्तिकै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org