जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै व्यूरोले जाति, सम्प्रदाय, समुदायबीचको सम्बन्धमा खलल् पार्ने कुनै पनि सामग्री सञ्जालमा प्रकाशन, प्रसारण तथा सेयर नगर्न आग्रह गरेको हो ।
कुनै जात, समुदाय, सम्प्रदाय लक्षित सामग्रीको प्रसारणले सामाजिक सद्भावमा खलल् पुग्ने, शान्तिपूर्ण वातावरण बिथोलिन सक्ने भएकाले जिम्मेवार नागरिकको भूमिका निभाउन प्रहरीले अनुरोध गरेको छ ।समुदाय लक्षित सामग्री कुनै पनि सामाजिक सञ्जालमा आए लाइक, कमेन्ट, ट्याग, तथा सेयर नगर्न पनि प्रहरीले आग्रह गरेको छ । यसरी आएको सामग्री लाइक, कमेन्ट तथा सेयर गर्दा झन् धेरै फैलिन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले सद्भाव बिथोल्ने खालका सामग्री देखेमा उक्त सञ्जालमा ‘रिपोर्ट’ गरेर हटाउन सक्ने सुविधा हुन्छ । ‘कानुनले प्रतिबन्ध गरेका विषय, शिष्टाचार विरुद्धका विषय, घृणा द्धेष फैलाउने सामग्रीहरू प्रकाशन गर्ने, लाइक गर्ने ट्याग गर्ने, कमेन्ट गर्ने र रिपोष्ट गर्ने गतिविधि बढेकाले यस व्यूरोको गम्भीर ध्यानकर्षण भएको छ’ व्यूरोले भनेको छ, ‘यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने अनुरोध गरिन्छ ।’ साइबर व्यूरोले विद्युतीय माध्यमको प्रयोग गरी सामाजिक सद्भाव बिथोल्ने काम गरेको पाइए विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गर्न सक्छ ।
Comments
अरु समाचार
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आजको राशिफलः २०८१ जेठ ३ गते बिहीवार
मेष: प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने...
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...