कतारका राजा थानीसँगै कतार जानेछन् ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
काठमाडौं । सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ।
वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइनेछन्। उनीहरुलाई कतार एयरलाइन्सको जहाजमार्फत लगिनेछ।
वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो।
अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो।
२०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली पोस्टमा जन्मिएका हात्तीको भाले छावा खगेन्द्रप्रसाद सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किंदै छ। पाँच वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आएका छन्।
यस्तै चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी साढे ५ वर्षीया पोथी छावा रुद्रकली पनि कतार जान लागेकी हुन्।
नेपाल सरकारले हात्तीसँगै उनीहरुलाई रेखदेख गर्दै आइरहेका माहुतेहरुलाई पनि सँगै कतार पठाउने तयारी गरेको छ। हालसम्म विभिन्न देशहरुलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ। सरकारले हालसम्म सबैभन्दा धेरै २६ वटा गैंडा उपहार दिइएको छ।
Comments
अरु समाचार
-
हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि...
-
राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
राजविराज (सप्तरी)। राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा...
-
पहिलो टी–२०आईमा अमेरिकामाथि नेपालको १७ रनको जित
काठमाडौं । नेपालले पहिलो टी–२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले...
-
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान...
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता...