विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु
काठमाडौं । विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो ।
र्यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सुरुवात अघि बिहान विद्युतीय सवारी प्रर्वद्धन र विद्युत खपत बढाउने सन्देश दिंदै इभी र्याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
उद्घाटनका अवसरमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे ।
‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रर्वद्धनमा समेत सहयोगी सावित हुनेछ’ उनले भने । हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे ।
इप्पान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफै खपत गरौं भन्ने उद्देश्यले इभी र्याली आयोजना गरेको बताए । सरकारे सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्याली आयोजना गरेर प्रर्वद्धन गर्नुपर्ने बताए ।
‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ ।’ उनले भने । एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरण मैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए ।
हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो । र्यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए ।
एक्स्पोमा पहिलो दिन ३ वटा प्राविधिक सत्रहरु आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको उद्घाटन गर्नेछन् ।
Comments
अरु समाचार
-
जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा
काठमाडौं । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
देउवालाइ भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर...
-
मेयर बालेनले कानुनी राज्यकाे उपहास गरेको सडक डिभिजन काठमाडौंको प्रतिक्रिया
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको...
-
टीओआर टुंगाे लगाउन आज पनि प्रमुख राजनीतिक दलका नेताहरुबीच छलफल हुँदै
काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच...
-
आजको राशिफल : २०८१ जेठ १३ गते आइतवार
मेष :कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यकः डा राजन भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईले छिमेकी मुलुकहरु भारत...
-
सहकारी प्रकरणः टीओआर तय गर्न कार्यदलको बैठक आज पनि
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति को कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।...