नेपालको घाँस चीन निर्यात गर्ने सहमतिपत्रमा हस्ताक्षर
काठमाडाैँ । नेपाल र चीनको तिब्बत प्रान्तबीच कृषि सहकारीसम्बन्धी विविध सहमति पत्रमा हस्ताक्षर भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहबीच उक्त सहमति भएको छ ।
आज बिहानदेखि शुरु भएको सत्रौं नेपाल–तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौंरी,याक,घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरिद गर्नेलगायत विषयमा सहमति गरिएको हो ।
चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत् तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने सम्झौता भएको छ । त्यसैगरी उताको प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार (दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउनेसम्बन्धी सम्झौता पनि समारोहमा भएको छ ।
दुई मुलुकका कृषि कम्पनीबीच यताबाट जुनार र सुन्तलासमेत लानेगरी भएका सहमतिले नेपालको कृषि उत्पादन,अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।
उक्त कार्यमा नेपालका विभिन्न निकाय तथा तिब्बतको वाणिज्य विभागले सहजीकरण गरेको चिनियाँ व्यवसायी चाङ चिन्स्याङ्गले बताए । उनका अनुसार यसनिम्ति तिब्बत प्लेटो अग्रिकल्चर कम्पनीले तिब्बतको कृषि तथा ग्रामीण मामिला विभागबाट सन् २०२३ डिसेम्बरमा व्यावसायिक निर्देशन प्राप्त गरिसकेको छ ।
तिब्बतमा याक तथा पशु उद्योग प्रवर्धनका लागि विशेषगरी हिउँदमा हरियो र पौष्टिक घाँस खुवाउने योजनाअनुसार नेपालबाट हेइलेज खरिद गर्न लागिएको हो । दुई मुलुकका कृषि कम्पनीबीच यताबाट जुनार र सुन्तलासमेत लानेगरी भएका सहमतिले नेपालको कृषि उत्पादन,अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।
समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल,नेपालमा रहेका चिनियाँ व्यवसायीहरु, बैंकर तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति छ । कार्यक्रममा नेपालको हरियो घाँस हेइलिजको उत्पादनदेखि तिब्बतसम्मको निर्यातबारे छोटो भिडियो प्रदर्शन गरिएको थियो ।
Comments
अरु समाचार
-
हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि...
-
राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
राजविराज (सप्तरी)। राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा...
-
पहिलो टी–२०आईमा अमेरिकामाथि नेपालको १७ रनको जित
काठमाडौं । नेपालले पहिलो टी–२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले...
-
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान...
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता...