आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले राससलाई बताउनुभयो ।
घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । ‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीले भन्नुभयो ।
यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।
आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उहाँले बताउनुभयो । पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताउनुभयो ।
Comments
अरु समाचार
-
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी...
-
सुनको मूल्य तोलामा रु छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...