प्रधानमन्त्री प्रचण्डले उपेन्द्रलाई भने: मिलेर जानुस्, फुट्नु राम्रो होइन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ।
मंगलबार बिहान उनीहरूबीच कुराकानी भएको हो। यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि छन्। यादव अमेरिका भ्रमणमा रहेका बेला उनको दल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो।
गए राति स्वदेश फर्किएका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्। आफूले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेको यादवले जानकारी दिए। थप कुरा उनले खुलाएनन्।
प्रधानमन्त्री दाहालसँग यादवले आफ्नो दल विभाजन हुन पुगेको विषयमा कुरा गरेका थिए। त्यसमा प्रधानमन्त्री दाहालले कुनै पनि दल फुट्नु राम्रो नहुने र सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु झन् राम्रो नभएको प्रतिक्रिया दिएका थिए।
‘दलहरू फुट्नु राम्रो होइन। झन् सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु राम्रो होइन,’ प्रधानमन्त्रीले यादवसँग भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘कुनै पनि दल फुटाउन जोड गर्न हुन्न। म त मिलेर जानुपर्छ भन्छु। तपाईंहरू पनि मिलेरै जानुस्, आपसमा छलफल गर्नुहोस्।’
प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए। नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।
यादव नेतृत्वको जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ। साथै उसले कानूनी उपचार खोज्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको जनाएको छ।
Comments
अरु समाचार
-
हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि...
-
राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
राजविराज (सप्तरी)। राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा...
-
पहिलो टी–२०आईमा अमेरिकामाथि नेपालको १७ रनको जित
काठमाडौं । नेपालले पहिलो टी–२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले...
-
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान...
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता...