इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ ।
‘मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि बीस जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ’, अल–अक्सा शहीद अस्पतालमा एक विज्ञप्तिमा भनिएको छ। प्रत्यक्षदर्शीका अनुसार ३ बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनको रिपोर्ट जाँच गरिरहेको बताएको छ।
प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरुमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।
उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ।
प्रत्यक्षदर्शीका अनुसार गाजा क्षेत्रमा रातको समयमा भएको हवाई आक्रमणमा अन्य धेरै घरहरू लक्षित गरिएको साथै राफाहका केही भागहरूमा पनि हवाई आक्रमण र गोलाबारी भएको थियो ।
घटनाको अघिल्लो दिन गाजामा थप दुई जना सैनिक मारिएको इजरायली सेनाले जनाएको छ। अक्टोबर २७ मा आक्रमण सुरु भएदेखि गाजाको सैन्य अभियानमा अहिलेसम्म दुई सय ८२ जना सैनिक मारिएको सेनाले जनाएको छ।
Comments
अरु समाचार
-
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा १४७ जनाको मृत्यु
काठमाडौं । उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४७ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएको...
-
इजरायली सेनाद्वारा बुधबार बेरुतमा आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको...
-
भारतद्वारा ६ क्यानेडियन कुटनीतिज्ञ निस्कासित
काठमाडौं । भारत र क्यानडाबीचको विवाद उत्कर्समा पुगेको छ। क्यानडाले भारतीय राजदूत संजय कुमार वर्मा लगायतमाथि अनुसन्धान सुरु गरेपछि दुबै...
-
बमको धम्कीपछि एयर इन्डियाको विमान दिल्लीतर्फ डाइभर्ट
काठमाडौं । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको...
-
ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ,अर्को ड्रोन पत्ता लागे ‘युद्धको घोषणा’ मानिने
काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण...
-
चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने
काठमाडौं । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको...
-
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्...
-
इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको...
-
‘मेरो स्वास्थ्य एकदम राम्रो र राष्ट्रपतिका लागि उपयुक्त छ’
न्यूयोर्क । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो”...