झापामा हुरीबतासले करोडौँको क्षति
काठमाडौं । गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पुयाएको बताउनुभयो । उनका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, विद्युत्का खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ ।
मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ । भेनियरका सञ्चालक डिल्लीराम श्रेष्ठले रु एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिए । उनले तयारी अवस्थामा रहेका सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्काएको बताउनुभयो । सिद्धिविनायकका सञ्चालक श्याम न्यौपानेले हुरीबाट रु १० लाखबढीको क्षति पुगेको बताए।
नगरका अन्य भेनियर उद्योगमा पनि भौतिक क्षति पुगेको भन्दै यकिन विवरण आइ नपुगेको सूचना अधिकारी चन्दले बताए । मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छाना हुरीले उडाएको छभने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ ।
धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित क्यान्टिनको छानो उडाएको छ । त्यस्तै, मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पुयाएको सूचना अधिकारी चन्दले जानकारी दिए । उनले क्षतिको थप विवरण सङ्कलन भइरहेको भन्दै मानवीय क्षति भने नभएको बताए ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...