बाँकेमा गर्मीले खोप अभियान प्रभावित
काठमाडौं । अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको जानकारी दिनुभयो । उहाँले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार सात सय पाँच बालबालिकालाई आइपिभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको अभियानअन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार तीन सय ३५ बालबालिकालाई खोप दिइसकिएको बताउनुभयो ।
विद्यालय बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन सुरु गरिएको थियो । खोप अभियान सुरु भएको तीन दिनमा आठ हजार तीन सय ७७ बालिका र आठ हजार नौ ५८ बालक गरेर १७ हजार तीन सय ३५ लाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ ।
त्यसमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ६९ प्रतिशत र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा करिब ३८ प्रतिशतलाई खोप दिइएको श्रेष्ठको भनाइ छ । बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप दिने अभियान जिल्लाका आठ स्थानीय तहमा आइतबारबाट सुरु गरिएको थियो । खोप दिनका लागि जिल्ला भरि दुई सय ४३ खोप केन्द्र कायम गरिएको थियो ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ बाट जेठ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने जनाइए पनि लक्षित सबै बालबालिकालाई खोप नदिएसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो ।
Comments
अरु समाचार
-
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी...
-
सुनको मूल्य तोलामा रु छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...