लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका काम र उपलब्धि स्मरण गराउने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आज स्मृति ‘ग्यालरी’ स्थापना गरिएको हो ।
पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले निर्माण गरेको उक्त ‘ग्यालरी’को खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले लामाविधिबाट पूजापाठ गरी उद्घाटन गरेका हुन् । ‘ग्यालरी’मा शेर्पाको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालका गतिविधि र हिमाल आरोहणको इतिहास समेटिएको छ । शेर्पाले गरेको लैङ्गिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरु ग्यालरीमा समावेश गरिएको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले जानकारी दिए ।
उनको जन्मस्थल खुम्बु पासाङल्हामु गाउँपालिकामा भविष्यमा पासाङल्हामु सङ्ग्रहालय स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यको सुरुआतस्वरुप ‘ग्यालरी’ स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । उद्घाटनकै दिन स्वदेशी तथा विदेशी गरी पाँच सय बढी पर्यटकले ‘ग्यालरी’ अवलोकन गरेका छन् । प्रतिष्ठानले लुक्लासँगै पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि पासाङल्हामु ‘ग्यालरी’ स्थापना गर्ने तयारी गरेको छ ।
“पासाङल्हामुले सन् १९९३ अप्रिल २२ का दिन पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँको सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्थ्यो”, प्रतिष्ठानका महासचिव शेर्पाले भने,“ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सम्पूर्ण जानकारीसँगै सगरमाथा आरोही नेपाली महिलाहरु र प्रख्यात महिला आरोहीहरुको जानकारी समावेश गरिएको छ ।”
हालसम्म ६१ जना नेपाली महिलाले सगरमाथा आरोहण गरिसकेका छन्। पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालमै पहिलोपटक ‘इन्डोर वाल क्लाइम्बिङ सेन्टर’ स्थापना गरी पर्वतारोहणको प्रवद्र्धन र लुक्लामा पासाङल्हामु निकोल निकी अस्पताल सञ्चालन गर्दै आएको छ ।
Comments
अरु समाचार
-
आजको राशिफल : २०८१ साल भदौ २३ गते आइतबार
मेष: मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम...
-
हवल्दारलाई (सूचक) आफ्नो मुख्य सल्लाहकार बनाउँदा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख (एसपी) ओमबहादुर खड्का विवादित
कैलाली । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका एसपी ओमबहादुर खड्का आफ्नै कारणले विवादित बनेका छन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय...
-
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
म्याग्दी, २२ भदौ । मुुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक...
-
आज निजामती सेवा दिवस मनाइँदै, ४० कर्मचारी पुरस्कृत हुँदै (नामसहित)
काठमाडौं । आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’...
-
आजको राशिफल: २०८१ भदौ २२ गते शनिवार
मेष: परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ। साथीभाइसँग...
-
यसरी मनाए कलाकारले तीज
काठमाडौँ, २१ भदौः आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५...
-
हरितालिका तीजको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र...
-
धनुषाको लक्ष्मीनियामा एकै परिवारका तीन बालकको पोखरीमा डुबेर ज्यान गयो
धनुषा । धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका...