ताजा समाचार

प्रतितोला ६ सय रुपैँयाले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org