मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकाले आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बताए। एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति मुख्यमन्त्री महराले राजीनामा दिए उपयुक्त हुने चौधरीले बताए।
‘हामीले समर्थन फिर्ता लिएर छोड्नु भन्दा आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा तपाईको उचाइँ पनि बढ्छ, राजनीति अहिलेलाई मात्र होइन धेरै लामो राजनीतिक यात्रा गर्नु छ भनेर मैले सुझाव दिएँ,’ चौधरीले भने। चौधरीले गठबन्धनको यात्रा सधैको लागि टुंगिएको भनेर नसोच्न पनि आग्रह गरेको बताए।
‘अहिलेको लागि गठबन्धनको सहयात्रा टुंगिए पनि सधैँको लागि टुंगिएको होइन भनेर पनि मुख्यमन्त्रीलाई भनेको छु,’ चौधरीले भने। मुख्यमन्त्री महराले भने असार २४ गतेसम्मलाई समय दिन आग्रह गरेको चौधरीले भने।
‘मलाई असार २४ गतेसम्मलाई समय दिनुस्, अहिले आर्थिक वर्षको अन्त्यमा छौं, केही आर्थिक भुक्तानीहरू दिने दायित्व छ त्यो दायित्व पुरा गरेपछि राजीनामा दिनेछु,’ मुख्यमन्त्री महराको भनाई उद्दृत गर्दै चौधरीले भने।मुख्यमन्त्री महराले समय मागेपनि आफूहरू त्यतिबेला सम्म पर्खिने अवस्थामा नरहेको चौधरीले बताए।
‘आज दिनभरीमा उहाँले राजीनामा दिनुहुन्छ भन्ने हामीलाई विश्वास छ, दिनुभएन भने आज साँझ या भोली बिहानसम्म हामीले दिएको समर्थन फिर्ता लिएर एमालेका मन्त्रीहरूले राजीनामा दिनुहुन्छ,’ उनले भने।
संघमा जस्तै लुम्बिनी प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार गठनका लागि नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरु बीच छलफल सुरू भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसकाबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएसँगै लुम्बिनी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ। अहिले एमाले लगायतका दलहरुका समर्थनमा नेकपा माओवादी केन्द्रका जोगबहादुर महरा मुख्यमन्त्री छन्।
पछिल्लो समीकरण अनुसार लुम्बिनीमा कांग्रेस एमालेको मात्रै पनि सहजै बहुमतको सरकार गठन हुन्छ। ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ। सरकार निर्माणका लागि ४४ जना सांसद भए पुग्छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दल नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका (विभाजित हुनुअघिको) ३-३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकरएक जना तथा एक जना स्वतन्त्र गरी ८७ सांसद छन्।
Comments
अरु समाचार
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...
-
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी...
-
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड रुपियाँ
काठमाडौँ: विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रुपियाँ प्राप्त गर्दैछ । सन्...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना...
-
मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १९ असोजः देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको...
-
आजको राशिफल: २०८१ साल असोज १९ गते शनिबार
मेष: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रियजनसँगको भेटघाटले दिन...
-
गृह मन्त्रालयले प्रहरी निरीक्षक शाहीलाई किन गर्यो निलम्बन ?
काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...