नाम चलेका विराटनगरका सामुदायिक विद्यालयको नतिजा एसईईमा कमजाेर
विराटनगर।अंग्रेजी माध्यमबाट अध्यापन हुने विराटनगरका नाम चलेका सामुदायिक विद्यालयमध्ये विराटनगरका पोखरीया माध्यमिक, आदर्श मावि र सत्यनारायण माविले यसवर्ष शतप्रतिशत नतिजा हासिल गर्न सकेनन् । विभिन्न नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भर्ना लिएर अंग्रेजी माध्यमको अध्यापन सुरु गरेका यी विद्यालयमा वर्षेनी नीजि विद्यालयहरूका सयौं विद्यार्थी भर्ना हुने गरेका थिए ।
अभिभावकले खर्च बचत गर्न होस् या सामुदायिक विद्यालयको सर्टिफिकेटको महत्व हुन्छ भन्ने प्रचारप्रसारले वर्षेनी सयौं विद्यार्थी नीजि छाडेर यीनै नाम चलेका विद्यालयमा भर्ना हुने गरेका थिए । तर यसपालिको एसईईको नतिजाले भने अभिभावकको आशालाई निराशामा परिणत गर्ने देखिन्छ । यस वर्षको सामुदायिक विद्यालयहरूको नतिजा हेर्ने हो भने आदर्श माविबाट ३ सय ७९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
तिमध्ये ८४ जना विद्यार्थीले एनजी अर्थात अनुत्तीर्ण हुन पुगेका छन्। आदर्श माविका ७७ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा २२ दशमलव २३ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन्। यस्तै पोखरीया माविका ४ सय २९ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तिमध्ये ९४ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। यस पोखरीया माविका २१ दशमलव ९४ प्रतिशत विद्यार्थीले एनजी ल्याएपछि आदर्श माविको नतिजा ७८ दशमलव ०६ प्रतिशतमा मात्र देखियो ।
यस्तै विराटनगरकै सत्यनारायण माविका ३ सय २५ विद्यार्थीले एसईई परीक्षा दिएकोमा ९० जना अनुत्तीर्ण हुन पुगेका छन् । जसको नतिजा प्रतिशतमा ७२ प्रतिशत उत्तिर्ण र २८ प्रतिशत अनुत्तीर्ण हुन पुगेका छन् । यस्तै संस्थागत अर्थात निजी विद्यालयतर्फ एभरेष्ट इङ्लिस बोडिङ स्कुल र सगरमाथा माविले शतप्रतिशत नतिजा हासिल गर्दा विराटनगरकै नाम चलेको बि.के.भी.एम. र सेन्ट जोसेफ स्कुललाई समेत यस पटक नराम्रो झड्का लागेको छ। बि.के.भी.एम.का २ सय ६१ विद्यार्थीले एसईई परीक्षामा भाग लिँदा ५ जनाले एनजी ल्याएका छन्। जसका कारण शतप्रतिशत नतिजा ल्याउने आशा गरेको बि.के.भी.एम.को नतिजा ९७ दशमलव ७ प्रतिशत मात्र उतिर्ण भएका छन्।
यस्तै विराटनगरकै सेन्ट जोसेफ स्कुलबाट ८८ जनाले परीक्षा दिएकोमा १३ जनाले एनजी ल्याएका छन्। यो नतिजा हेर्दा ८५ दशमलव २२ प्रतिशत विद्यार्थी पास भएका छन्। सगरमाथाबाट १०७ जनाले एसईई परीक्षा दिएका थिए भने एभरेष्ट विद्यालयबाट २१२ जना एसईई परीक्षामा सहभागी थिए । यी दुई विद्यालयले भने शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । यीनै तथ्याङ्कलाई हेर्ने हो भने पनि नीजि विद्यालयसँग प्रतिष्पर्धा गर्न सामुदायिक विद्यालयले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
Comments
अरु समाचार
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...
-
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी...
-
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड रुपियाँ
काठमाडौँ: विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रुपियाँ प्राप्त गर्दैछ । सन्...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना...
-
मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १९ असोजः देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको...
-
आजको राशिफल: २०८१ साल असोज १९ गते शनिबार
मेष: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रियजनसँगको भेटघाटले दिन...
-
गृह मन्त्रालयले प्रहरी निरीक्षक शाहीलाई किन गर्यो निलम्बन ?
काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...