ताजा समाचार

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्यले फेरि कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो।

यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन १,८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १,८८५ रुपैयाँ कारोबार भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org