ताजा समाचार

प्रधानमन्त्री ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनले साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । साउन ७ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ ९२० बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले)को समर्थनमा ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org