ताजा समाचार

सभामुख र सचेतकबिच समसामयिक विषयमा छलफल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख एवं मुख्य सचेतकहरूबिच प्रतिनिधि सभा सञ्चलनका लागि क्यालेन्डर निर्माण, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि पठएको सूचना लगायतका विषयमा छलफल भएको छ ।

संघीय संसद् सचिवालयमा आज भएको बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, सभाको आगामी पन्ध्र दिनका लागि क्यालेन्डर निर्माण र विभिन्न समितिमा सभापति चयन लगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराएका छन्।

यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल भएको जानकारी गराए । उनले छलफलमा सदन चलाउने क्यालेन्डरको विषयमा पनि छलफल भएको आगामी १५ गतेसम्मको सभाको बैठक बस्ने, विधेयकहरूमाथि छलफल गर्नको लागि समितिलाई समय दिनेलगायतका विषयमा छलफल भएको बताए।

बैठकमा कार्यव्यवस्था परामर्श समितिको पुनर्गठन, संसदीय सुनुवाई समितिको सभापति चयन, संघीय संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति गठन, प्रतिनिधि सभा अन्त्रगतको कृषि समितिको सभापति चयन, संसदमा रहेका विधेयकलाई अगाडी बढाउने लगायतका विषयमा छलफल भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org