तिनाउ नदिमा डुबेर दुई बालको मृत्यु
काठमाडौं । तिनाउ नदिमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। बागलुङ घर भएका १२ वर्षीय बालक विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिका–११ श्रीजनानगरमा आफन्तको घरमा आएका बेला पौडी खेल्न जाँदा उनीहरूलाई नदिले बगाएको थियो। स्थानीयका अनुसार शुक्रबार साँझपख तीन जना बालक पौडी खेल्न भन्दै घरबाट निस्किएका थिए। पौडी खेल्ने क्रममा २ जनालाई खोलाले बगाएपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए।
तत्कालै स्थानीयले खोजतलास गर्दा विवशलाई पौडी खेलेको स्थान भन्दा केही तल नदी किनारमा मृत अवस्थामा फेला पारेका थिए। विवश बागलुङबाट आफ्नी सानी आमाको घरमा हिजो मात्र आएका थिए।
बिप्रनको शव आज फेला परेको हो। खोजतलास गर्ने क्रममा आज बिहान तिलोत्तमा नगरपालिकाको गोरकट्टा स्थित तिनाउ किनारमा बिप्रनको शव फेला पारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए।
शुक्रबार साँझबाटै नदिमा बेपत्ता बालकको खोजी गरेपनि फेला नसकेपछि शनिबार पुनः बिहानै देखि खोजी गरिएको डिएसपी पण्डितले बताए। दुवै बालकहरू दिदी बहिनीका छोराहरू भएको प्रहरीले बताएको छ।
Comments
अरु समाचार
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...
-
राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी
काठमाडौं । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी...
-
बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा गए राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।...