बगरफाँटका दुई सय पाँच परिवारलाई खानेपानी उपलब्ध
काठमाडौं । वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् ।
सउंघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको ‘एक घर, एक धारा’ खानेपानी आयोजनाबाट घर–घरमा खानेपानीको सुविधा पुगेपछि पानी लिनका लागि कुवा र खोलामा धाउने समस्याबाट यहाँका बासिन्दा मुक्त भएका हुन् । आयोजनाबाट गाउँका दुई सय पाँच परिवार लाभान्वित भएका छन् । संघीय सरकारको एक करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा गाउँमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दीपक मल्लले जानकारी दिए ।
‘कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०–५० हजार लिटर क्षमताको तीन रिजर्भ ट्यांकीमा संकलन गरी वितरण गर्न थालिएको छ’, उनले भने, ‘संरचना निर्माणको काम सकिएपछि दुई सय पाँच घरमा मिटरसहित जडान भएका धारामा पानी वितरण गरेका छौँ ।’
गाउँमा खानेपानीका लागि दिनहुँ झगडा हुने गरेको उनले स्मरण गरे । ‘एउटै धारोमा आठ÷दश घरले पाइप जोडेर घरघरमा पानी लैजान पालो कुर्नुपर्दथ्यो, अब ढुक्कसँग खानेपानी उपभोग गर्न पाइने भएको छ’, स्थानीय उपभोक्ता विजय थापाले भने । परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गरिएको अध्यक्ष मल्लले बताए ।
पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ । आयोजना निर्माणका लागि आव २०७९-८० मा ५३ लाख ११ हजार आठ सय ५२ र २०८०-८१ ९१ लाख ६३ हजार दुई सय ६० खर्च भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सब इन्जिनियर सुनिलसिंह बोहोराले बताए ।
उपभोक्ता समितिले कूल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालिन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए । खानेपानी नियमित सञ्चालन गर्नका लागि एक कर्मचारी नियुक्त गर्ने र आयोजनाको दिगो व्यवस्थापनका लागि महसुल निर्धारण गर्ने तयारी भइरहेको बगरफाँट खानेपानी उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताए ।
शिरानमा विशाल पहरो र पुछारमा म्याग्दी नदी रहेको बगरफाँट गाउँ म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको गाउँ हो । अरु सबै सुविधा र विकासका पूर्वाधार भएको यस गाउँमा खानेपानीको समस्याकै कारण कतिपय व्यक्ति बसाइँसराइ गरेर अन्यत्र जाने गरेका थिए । अब खानेपानीको सुविधा प्रत्येक घरघरमा पुगेपछि बसाइँसराइको समस्या पनि नियन्त्रण हुने स्थानीयले बताएका छन् ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...