ताजा समाचार

ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएकाले समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् । मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराए ।

कांग्रेस एमाले अहिले आएर मात्र प्रमुख पार्टी भएका नभई इतिहास बोकेका र सामर्थ्य भएका पार्टी भएको ओलीले बताउनुभयो । देशको वर्तमान अवस्था परिवर्तन गर्न अहिले यी दुई पार्टी एक ठाउँमा आएको उनले बताए । अहिलेको सरकारको काँधमा असाधारण चुनौती भएको ओलीले बताएका छन् । यस सरलाई असफलता हुने छुट छैन, यसलाई सफल हुने छुट छैन भन्ने मात्र होइन यो कुनै हालतमा असफल हुँदैन, यो असफल हुन बनेको हुँदैन, सफल हुन्छ’, ओलीले भने ।

यसो भन्दैमा हातमा हात बाँधेर बसेर सफल हुन नसकिने ओलीले बताए । ‘हाम्रो भाग्यमा अर्थोक लेखेकै छैन, सफल हुने मात्र लेखेको छ, तर डोकामा दोएर दूध अडिँदैन नि त’, ओलीले भने । हामी एक दिन सफल हुन्छौँ भन्ने होइन यो सरकार अहिले नै सफल हुनु पर्ने ओलीले बताए । यही आर्थिक वर्षमा सरकार सफल हुनु पर्ने उनको धारणा छ ।

यो सरकार कति दिन टिक्छ र भन्ने चर्चा हुने गरेको भए पनि त्यसमा नअलमलिन उनले आग्रह गरे । ठूला दलले आवश्यकता बोध गरेर सरकार बनाएकाले सरकारको विषयमा कुनै भ्रममा पर्नु नपर्ने ओलीले बताए । ‘मेरो नेतृत्वमा मेरो सरकार दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्न एक हप्ता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने द्विविधा हुँदैन, त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो, यसमा ढुक्क भए हुन्छ’, ‌ओलीले भने ।

धोका खाएर होइन अहिले देश बनाउन यो काम नगरी नहुने भएकोले ठुला दुई दलको सरकार बनाएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org