ताजा समाचार

प्रतितोला १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org