आर्थिक, सामाजिक परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन अझ राम्रो गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई लाग्न आग्रह गरे । आरोप प्रत्यारोपले मात्रै देशको अवस्था नसुध्रने पनि उनको भनाई थियो ।
उनले देशमा अहिले युवाहरूलाई बेरोजगारीको समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए । अहिलेको सरकार देशलाई आर्थिक समृद्धिमा लैजाने सहमतिको जगमा बनेको भन्दै युवाहरूले भोगिरहेको समस्या समाधानमा सरकार गम्भीर रहेको सिंहले बताए ।
‘अधिकार प्राप्त गर्न पनि आवाज उठाऊँ । तर, आफ्नो जिम्मेवारी र कर्तव्यलाई पनि ध्यान दिऔँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको अवस्थाबाट पार गर्नका लागि संवेदनशील भएर तथ्यलाई केलाएर मात्र हामी राम्रो अवस्थामा जान सक्छौं । आर्थिक,सामाजिक परिवर्तन र पद्धतिमा देशलाई अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण रहन्छ ।’
अहिले केही भएन भन्ने भाष्य बनाएर दुष्प्रचार गरिएकोतर्फ युवाहरूलाई सचेत रहन आग्रह गर्दै उनले ०४६ र ०६२ र ६३ को परिवर्तनपछि आफ्नो गाउँको अवस्था, बाटोघाटो, स्वास्थ्य र शिक्षाको अवस्थाबारे आफ्नै अभिभावकहरूसँग बुझ्न आग्रह गरे । अहिले भन्दा अझ राम्रो गर्नका लागि नै अहिले सांसदका दुई ठुला दल मिलेर सरकार बनेको पनि उनले बताए ।
उपप्रधानमन्त्री सिंहले अहिले सामाजिक सञ्जालमा आउने खबर सबै सत्य नहुने भन्दै त्यसको तथ्य केलाएर मात्रै धारणा बनाउन पनि युवाहरूलाई आग्रह गरे । ‘आर्टिसिसियल इन्टेसलिजेन्सको जमाना आइसकेको बेलामा डिजिटलाइजेसनमा जानुहुन्न, खराबै छ भन्ने होइन । तर, राम्रो पक्ष र सोच्नुपर्ने कुराहरूमा समयमै ध्यान दिनु राम्रो हुन्छ ,’ उनले भने ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
आजदेखि धरहरा सञ्चालन, अनलाइन टिकट भोलिदेखि
काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...