ताजा समाचार

कुनै करकापमा टीआरसी विधेयक अघि बढाइएको हैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा नपरी, पीडितमैत्री बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकलाई अघि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै सम्बोधन गर्दै उनले आजै प्रतिनिधिसभाले छलफल पछि पारित गर्ने र केही दिनभित्र राष्ट्रियसभाले पनि पास गर्ने बताए ।

‘पीडितमैत्री, कुनै करकापमा नपरीकन सहमतिको साथ यस दस्ताबेजलाई अगाडि बढाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज छलफल पछि प्रतिनिधिसभाले यसलाई पारित गर्छ । केही दिनभित्र राष्ट्रियसभाले पास गर्ने छ । यो शान्तिका पक्षधरहरूका लागि खुशीको विषय हो ।’ उनले ऐन बनिसकेपछि आयोगहरू निर्माण गरिने र आयोगलाई काम गर्न कानुनले अनुकूलता गरेको बताए । ‘सरकारको तर्फबाट म भन्न चाहन्छु, सहमतिका साथ आयोगहरू बन्ने छन् । प्रभावकारी आयोग बन्ने छन्,’ ओलीले भने, ‘त्यसलाई सकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविनसमबन्धी दुबै प्रश्नमा सही निष्कर्षका साथ छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल भइने उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org