ताजा समाचार

बझाङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

काठमाडौं । बझाङमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ । ६ जनाले भने भागेर ज्यान जोगाएको बताइएको छ ।

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गएराति वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको हो ।

मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org