ताजा समाचार

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो ।

आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए । ‘साउनमा रु ३२ करोड ८७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व संकलन भयो, लक्ष्यअनुसार राजस्व संकलन भएन’, उनले भने।

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत छ करोड ८९ लाख ३७ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०-८१ को पहिलो महिनामा २८ करोड ९६ लाख राजश्व संकलन भएको कर अधिकृत आचार्यले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org