ताजा समाचार

एन्फा कम्प्लेक्स मैदानमा आज माल्दिभ्स र भुटानको फुटबल भिडन्त

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ’बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ ।

हिजो भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश पनि श्रीलङ्कालाई २–० गोलले हराएर सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो । भोलि नेपाल र बङ्गलादेशले खेल्नेछन् । यो खेलको विजेता टोलीले समूह विजेताका रुपमा सेमिफाइनल खेल्नेछ । प्रतियोगिताको समूह ’ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ’बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org