ताजा समाचार

माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आज सुरु हुँदैछ । आज पहिलो दिन बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेछ ।

बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा गत असार ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि छलफल र परामर्श हुनेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् । बागमती प्रदेश अन्तर्गतको परामर्श समितिको बैठक बिहीबारसम्म चल्नेछ भने अन्य प्रदेश र मोर्चा कमिटीहरुको बैठक आगामी असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org