ताजा समाचार

बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी

काठमाण्डौ । बाग्मती प्रदेशका पर्यटनमन्त्रीको सरकारी निवासमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका ९ लामसुरेमा प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासको माथिल्लो तलाको सभाहलमा हिजो राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, मन्त्री निवासको बिजुलीको तार सट भई आगलागी हुँदा केही सामान जलेका छन् । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको कर्मचारी आवास क्षेत्रलाई प्रदेशका मन्त्रीहरुको निवास बनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org