ताजा समाचार

आज विदेशी मुद्राको विनिमय दर यस्तो

काठमाडौं । आज २०८१ साल भदौ १४ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्ड घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४८ रुपैयाँ ५८ पैसा र बिक्री दर १४९ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६६ पैसा र बिक्री दर १७७ रुपैयाँ ४५ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org