ताजा समाचार

कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासाका लागि नयाँ महावाणिज्यदूत नियुक्त

काठमाडौं । सरकारकाले तीन देशका महावाणिज्यदूत नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कलकत्ता बेइजिङ, ग्वान्जाओ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार कलकत्ताको महावाणिज्यदूतमा सह सचिव झक्कप्रसाद आचार्य नियुक्त भएका छन् भने सह सचिव लक्ष्मी निरौलालाई ल्हासा र भरत खनाललाई ग्वान्जाओ पठाउने निर्णय भएको छ । बेइजिङको हकमा भने मन्त्रिपरिषद् आउन नपर्ने भएकोले परराष्ट्र मन्त्रालयबाट नै सिधै पोष्टिङ गर्नेछ ।

गत साउन ३१ गते सरकारले सह सचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको थियो । जसमध्ये तीन जनालाई आज पोष्टिङ गर्ने निर्णय गरेको हो । यससँगै लेखकको हकमा तत्काललाई बेइजिङ मात्रै बाँकी रहेकोले परराष्ट्रबाट नै त्यहाँ पठाउन सक्ने बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org