युक्रेनसँग शान्ति वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाई
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बिहीबार बताएका छन् ।
रूसले वार्तालाई कहिल्यै इन्कार नगरेको तर वार्ता युक्रेनको मागमा मात्र आधारित नहुने उनले बताए । उनले वार्ताहरू इस्तानबुलमा हस्ताक्षर गरिएका कागजातमा आधारित हुनुपर्नेमा उनले जोड दिए ।
“हामी युक्रेन सरकारका प्रतिनिधिसँग सम्भावित शान्ति वार्ताका सबै मापदण्डमा पुगेका थियौँ,” रूसको भ्लादिभोस्तोक शहरमा रूसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रका क्रममा पुटिनले भने ।
उनले भने, “हामीले वार्ता गर्न कहिल्यै इन्कार गरेका छैनौँ। उनीहरूसँग वार्ता गर्न तयार छौँ तर केही क्षणिक मागका आधारमा होइन । इस्तानबुलमा सुरु गरिएको वार्तामा पेश भएका कागजातहरूको आधारमा वार्ता हुनुपर्छ । त्यो वास्तवमा सहमति थियो ।”
मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको केही समयपछि क्रेमलिनले सन् २०२२ को वसन्त ऋतुमा रुस र युक्रेन सम्झौताको नजिक पुगेको दाबी गर्दै आएको छ ।
पुटिनले भने, “हामी सहमतिमा पुग्न सफल भएका थियौँ, युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखले यो दस्ताबेजको सुरुवात गरेका र हस्ताक्षर पनि गरेका थिए । यो नै तत्कालीन सहमतिको प्रमाण हो, जसको अर्थ युक्रेनी पक्ष सामान्यतया भएका सम्झौताहरूबाट सन्तुष्ट थियो ।”
पुटिनले वार्ता असफल हुनुमा युक्रेनका पश्चिमा सहयोगीहरूको हात रहेको दाबी गर्दै भने, “अमेरिका, युरोप र केही सम्भ्रान्त युरोपेली मुलुकका सदस्यले रुसलाई रणनीतिक रुपमा पराजित गर्न चाहेकाले मात्र यो लागु नभएको हो ।”
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...
-
आप नेता केजरीवालले पदबाट राजीनामा दिने
काठमाडौं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा...