चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड दिँदै सरकारले थाल्यो तयारी
काठमाडौं। नेपालीहरुको महान पर्व दसैँ, तिहार नजिकिए सँगै सवारि चापका कारण हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयारी थालेको छ ।
चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो ।
आज मन्त्रालयमा आयोजित सरोकार भएका निकायबीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनुअघि सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिए।
जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भएकाको उद्धार र अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह समेत गरेका छन्।
सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै यातायातमन्त्री दाहालले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने बताए ।
सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै उनले यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्यको खाँचो रहेकामा जोड दिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन उनले जोड दिए ।
कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा पार्थमणि पराजुली, सरोजकुमार प्रधानलगायतले सडक सुरक्षा परिषद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभागलगायत विभिन्न निकायका अधिकारीले सडक सुरक्षाका लागि भइरहेका प्रयास र योजनाबारेमा प्रकाश पारेका थिए ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
काठमाडौं । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...