सार्की समुदायकाे जुत्ता सिलाउने पुर्ख्याैली पेसा जोगाउन सास्ती
कञ्चनपुर : कञ्चनपुरको झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आउनुभएका ६६ वर्षीय डम्बर सार्कीको दुई दशक बितेको छ । सार्कीेको जुत्ता चप्पल सिउने पुर्ख्याैली पेसा भएकाले यही पेसाबाट भएको कमाइले जीविकोपार्जन हुँदै आएको छ ।
नगर प्रहरीले बस्दै आएको ठाउँबाट हटाउन थालेपछि उहाँलाई पेसा जोगाउन सास्ती हन थालेको हो । नगर प्रहरीले जुत्ता चप्पल सिउने सामग्री जफत गरेर लगेपछि उहाँ जस्तै छजना सार्की समुदायका व्यक्तिको जीविकोपार्जनमा समस्या हुन थालेको छ ।
“वर्षौँदेखि सडक छेउमा बसेर जुत्ता चप्पल सिउँदै आएका हौँ”, डम्बरले भन्नुभयो, “कहिल्यै कसैले हटनुपर्छ भनेन्, एकाएक आएको नगर प्रहरीले सिउने सामानसहित दिनभरको कमाइ रु आठ सय कमिजको खल्तीमा थियो, गर्मी भएकाले कमिज खोलेर सिउने सामानसँग राखेको थिएँ ।” सोही कमाइबाट चामल, दाल र तरकारी किन्ने योजना रहेको बताउँदै रकम लगेपछि भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उहाँले दुःखेसो पोख्नुभयो ।
काम गर्ने सामान जफत गरेर लगेपछि रोजीरोटी खोसिएको डम्बरको भनाइ छ । डम्बर जस्तै जुत्ताचप्पल सिउने कार्यमा संलग्न कमले सार्कीको पनि सामान नगर प्रहरीले लगेको छ ।
सामानसँगै रु दुई हजार र ग्राहकले सिउन दिएका तीन जोर जुत्ताचप्पल पनि जफत गरेर लगेको कमलेले बतानुभयो । “ग्राहकले सिउन भनेर दिएका समान लगेपछि कहाँबाट उपलब्ध गराउने भन्ने पिरलो छ”, उहाँले भन्नुभयो, “दैनिक जुत्ता चप्पल सिलाइबाट भएको कमाइले परिवारको दुई छाक टर्छ, ग्राहकको सामान दिनुपर्छ, दिन नसके पैसा दिनुपर्छ, कहाँबाट ल्याउने ।”
पुर्खौँदेखि यही पेसा अगाल्दै आएको बताउँदै धनबहादुर सार्कीले अरु काम गर्ने सीप नहुँदा यसलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो । “यसरी सामान लगेर हामीलाई जीविकोपार्जनमा समस्या भयो, हाम्रो रोजीरोटी खोसियो”, उहाँले भन्नुभयो ।
सडक छेउमा बस्न नदिने भए व्यवस्थित स्थान तोकि सोही अनुसारको व्यवस्था स्थनीय सरकारले गर्नुपर्ने धर्मे सार्कीले माग गर्नुभयो । “यसरी हामीलाई कामबाट बञ्जित गर्न हुदैन । निश्चित स्थान तोकेर सहज रुपमा काम गर्न पाउने वातावरण बनाउनु स्थानीय सरकारको दायित्व हो”, उहाँले भन्नुभयो ।
झलारी बजारका बासिन्दा जयबहादुर ऐरले सडक छेउमा बोरा बिछ्याएर जुत्ता सिलाइ गर्ने बृद्ध सार्की समुदायका व्यक्तिले कमाएको रकम र जफत गरिएको सामान नगरपालिकाले फिर्ता गर्नुपर्ने माग गर्नुभयो ।
“दैनिक काम गरेर जीविकोपार्जन गर्ने समुदायको काम गर्ने सीप खोसिएको छ, नगरपालिकाले निश्चित ठाउँको व्यवस्था गरी जफत गरिएका सामान फिर्ता दिएर काम गर्ने वातावरण बनाउनु पर्छ”, उहाँले भन्नुभयो । नगरपालिकाले उहाँहरुको व्यवसायलाई आधुनिकीरण गरी बजार क्षेत्रमा स्थान छुट्ट्याएर काम गर्ने वातावरण कायम गर्नुपर्ने ऐरले उल्लेख गर्नुभयो ।
वर्षौँदेखि झलारी बजारमा जुत्ता सिउने, चम्काउने कार्यमा संलग्न सार्की समुदायका व्यक्तिको रोजीरोटीको वैकल्पिक व्यवस्था नगरी जफत गर्ने कार्य मानव हधिकार विपरित भएको दलित अधिकारकर्मी सिबी लुहारले बताउनुभयो । “समाजमा पछाडी पारिएका परिवारको चुलो बन्द गर्न पाइँदैन”, उहाँले भन्नुभयो, “नगर प्रमुखलाई भेटेर यसबारे छलफल गर्छौँ, जफत गरिएका सामान र नगद रकम फिर्ता गरी उहाँहरुको दैनिकी सहज बनाउन सहजीकरण गर्नेछौँ ।”
नगर प्रवक्ता लालबहादुर ऐरले जफत गरिएका सामान फिर्ता गर्न आवश्यक छलफल गरी पहल गर्ने बताउनुभयो । “रोजीरोटी कसैको खोसिनु हुदैन, वैकल्पिक कुन ठाउँमा बस्न दिने भन्नेबारे छलफल गरी समन्वय गर्नेछौँ”, उहाँले भन्नुभयो, “सडकको क्षेत्राधिकार पनि मिच्नु हुदैन ।”
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
आजदेखि धरहरा सञ्चालन, अनलाइन टिकट भोलिदेखि
काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...