ताजा समाचार

बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी

काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएका अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताएका छन् ।

सुवेदीका अनुसार दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको हो । उनले भने, ‘दुर्घटना स्थलमा उहाँ (भुपेन्द्रा बुढा)को परिचय पत्र भेटिएको छ । उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अन्यको सनाखत हुन बाँकी छ ।’

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा उपाध्यक्षसहित पालिकाका केही कर्मचारीहरू सवार रहेको बताइएको छ ।

https://www.facebook.com/share/p/1cxDoMdgpa8LuMhL/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org