ताजा समाचार

अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा सतप्रतिशत शुल्क वृद्धि लागू गर्ने

न्युयोर्क । अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा सतप्रतिशत र ईभी बेट्रीमा २५ प्रतिशतसम्म वृद्धि भएको शुल्क दुई हप्तापछि लागू हुनेछ ।

ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित गर्दै गएको मे महिनामा शुल्क वृद्धिको घोषणा गरेको थियो । शुल्क वृद्धिको पछिल्लो घोषणा अमेरिकामा आउँदो नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावअघि भएको हो ।

अमेरिकाले चिनियाँ गाडी तथा सामानमा गरेको शुल्क वृद्धिलाई लिएर बेइजिङले कठोर प्रतिक्रिया जनाएको थियो । तर अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईले विज्ञप्तिमा शुल्कवृद्धिले अमेरिकी श्रमिक र व्यवसायलाई प्रभावित गरिरहेको चीनको नीति र अभ्यासलाई लक्षित गर्ने उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

यसै वर्षदेखि लागू हुने शुल्क वृद्धिबाहेक अमेरिकी व्यापार प्रतिनिधिको कार्यालले सन् २०२५ देखि लागू हुनेगरी सेमीकन्डक्टरमा पनि ५० प्रतिशत शुल्क लगाइने घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org